नुवाकोट : अपराधमुक्त समाज निर्माण गरी देशलाई सुन्दर बनाउने आफ्नो योजना रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) अरुण पौडेलले वताउनुभएको छ । यसका लागि सबैको सामूहिक सहयोग जरुरी रहेकोसमेत पौडेलले बताउनुभयो ।नुवाकोटको विदुरमा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै डिआइजी पौडेलले अपराधमुक्त समाजको परिकल्पना अनुसार आफूले कार्य सुरु गरेको स्पष्ट पार्दै यसका लागि समाजमा रहेको सामाजिक शक्तिहरूको बलियो साथ आवश्यक रहेको बताउनुभयो । अपराध, लागू औषध, हिंशाले समाजलाई विकसित हुन नदिएको डिआइजी पौडेलले बताउनुभयो ।
शान्तिपूर्ण सामाजिक समाजका लागि पत्रकारिता क्षेत्रले समेत सहयोग गरिरहेको उहाँले बताउनुभयो । कानुनको पालना गराई समाजलाई अपराध, हिशा तथा दुर्व्यसनमुक्त गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको पौडेलले बताउनुभयो ।पौडेलले जिल्ला प्रहरी कार्यालय नुवाकोट र रसुवाको स्थलगत निरीक्षण, अवलोकन तथा निर्देशनसमेत दिनुभयो । डिआइजी अरुण पौडेलको नेतृत्वमा आएको निरीक्षण टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोट र रसुवामा पुगेर स्थलगत निरीक्षण भ्रमण तथा निर्देशन दिएको हो ।
डिआइजी पौडेलको टोलीले जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई परिसरभित्र रहेका पेरिमिटर, मेस, ब्यारेक, हिरासत कक्ष, सम्पूर्ण शाखाहरू, शौचालय, चमेना गृह, होसियारीजस्ता भौतिक संरचनाहरूको अवलोकन गरेको थियो । निरीक्षणको क्रममा डिआइजी पौडेलले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ पारदर्शिता कायम गर्दै जनमैत्री व्यवहार प्रदर्शन गर्न निर्देशन दिनुभएको थियो ।उहाँले प्रहरी सेवाको गुणस्तर अभिवृद्धिमा सबैको सक्रियता आवश्यक भएकोमा जोड दिँदै कार्यक्षेत्रमा इमानदारिता र उत्तरदायित्व बोधका साथ काम गर्न आग्रह गर्नुभयो । प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले जिल्ला प्रहरी कार्यालय रसुवा कोसमेत स्थलगत निरीक्षण गर्नुभयो ।पौडेलले कार्यालयको भवन, ब्यारेक, मेस, पेरिमिटर, लगायत शाखाहरूबाट भए÷ गरेका काम कारबाहीको अभिलेखीकरणको निरीक्षण गर्नुका साथै उत्कृष्ट कार्यसम्पादनको कदर स्वरूप रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij