Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

माओवादीसँगको एकता प्रयासले नेसपामा चर्कियो विवाद

माओवादीसँगको एकता प्रयासले नेसपामा चर्कियो विवाद

८ जेठ, काठमाडौं : नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विषयमा नेपाल समाजवादी पार्टीभित्र विवाद देखिएको छ ।पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सांसद गंगानारायण श्रेष्ठ र उनको समूह माओवादी पार्टीसँग एकताको तयारीमा छन् । पार्टी अध्यक्ष महिन्द्रराय यादव यथास्थितिमा एकतामा अनिच्छुक देखिएका छन् ।माओवादीसँगको एकता प्रक्रियालाई अन्तिम रुप दिन श्रेष्ठ समूहले ११ जेठमा केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यसलाई खण्डन गर्दै अध्यक्ष यादवले पार्टीको आधिकारिक बैठक नरहेको स्पष्ट पारेका छन् ।

यादवनिकट महासचिव रमेशप्रसाद यादवले बिहीबार विज्ञप्ति जारी गर्दै ११ जेठमा पार्टीको केन्द्रीय समितिको आधिकारिक बैठक नरहेको जनाएका छन् । विज्ञप्तिमा उनले नेकपा माओवादी केन्द्रबीच रुपान्तरणसहित एकता गर्न नेपाल समाजवादी पार्टी दृढ रहेको बताएका छन् ।‘नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ । नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताको सन्दर्भमा रुपान्तरणसहित एकता गर्न दृढ रहेको जानकारी गराउँदछु,’ विज्ञपितमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट