Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

युक्रेनका पूर्व शीर्ष अधिकारीको स्पेनमा गोली हानी हत्या

युक्रेनका पूर्व शीर्ष अधिकारीको स्पेनमा गोली हानी हत्या

मड्रिड : एकजना पूर्व शीर्ष युक्रेनी अधिकारीलाई स्पेनको राजधानी म्याड्रिडस्थित एक अमेरिकी विद्यालयको बाहिर गोली हानी हत्या गरिएको छ।५१ वर्षीय अन्द्री पोर्टनोभमाथि सहरको पोजुएलो डे आलार्कोन क्षेत्रमा रहेको विद्यालयमा आफ्ना छोराछोरीलाई छोडेपछि गाडीतर्फ फर्कँदै गर्दा पार्किङ क्षेत्रमा हमला भएको हो।

कम्तीमा एकजना अज्ञात आक्रमणकारीले उनलाई लक्षित गर्दै धेरै गोली प्रहार गरेपछि नजिकैको सार्वजनिक पार्कमा पर्ने जंगलतिर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।भिक्टर यानुकोविचको शासनकालमा पोर्टनोभ सांसद र प्रशासनको उपप्रमुख थिए। रुस निकट मानिने यानुकोविचलाई सन् २०१४ मा महिनौँ लामो विरोध प्रदर्शनपछि सत्ता च्युत गरिएको थियो।

पोर्टनोभ यसअघि युलिया टिमोशेन्कोको पार्टीबाट सांसद बनेका थिए तर यानुकोविच २०१० मा राष्ट्रपतिको चुनाव जितेपछि उनको टोलीमा गएका थिए।आन्दोलनपछि उनी युक्रेनबाट बाहिरिएका थिए तर २०१९ मा भोलोडिमिर जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भएपछि पुनः युक्रेन फर्केका थिए।

त्यसपछि उनी फेरि युक्रेनबाट बाहिरिए । सन् २०२१ मा अमेरिकी वित्त मन्त्रालयले उनलाई प्रतिबन्ध लगाएको थियो। अमेरिकाले उनलाई ‘न्यायालयमा सेटिङ गरिदिने व्यक्ति’ भनेर चिनिने गरेको र उनले न्यायपालिका नियन्त्रण गर्ने तथा सुधार प्रयासहरू कमजोर पार्ने काम गरेको आरोप लगाएको थियो।

बुधबार स्थानीय समय अनुसार बिहान ०९:१५ बजेतिर भएको उक्त गोलीकाण्ड कसले गरायो भन्ने कुरा अझै स्पष्ट भएको छैन। प्रत्यक्षदर्शीहरूले पाँच/छ वटा गोली चलेको बताएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij