Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

‘होस्टेल ३’ टिमको नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ घोषणा

‘होस्टेल ३’ टिमको नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ घोषणा

काठमाडौँ : गत वर्षको हिट फिल्म ‘होस्टेल ३’ले नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ बनाउने भएको छ । निर्माण युनिटले बुधवार सामाजिक संजाल मार्फत फिल्म निर्माण घोषणा गरेको हो ।

सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको फिल्म सशान कँडेलले निर्देशन गर्दै छन् । दुई पुस्ताबिचको सोच, मूल्य र व्यवहारको टकराबलाई फिल्मले देखाउने निर्देशक कँडेलले बताए ।

फिल्मको लेखन माधव शर्माले गरेका छन् । यसअघि शर्माले ‘होस्टेल ३’ लखेका थिए । ‘बाउ भर्सेस छोरा’को कलाकार, छायाङ्कन र प्रदर्शन मिति केही समयपछि एक कार्यक्रमका बिच घोषणा गरिने निर्माण टिमले जनाएको छ । समयबारे फिल्मका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट