Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बेलायतका नेपाली व्यवसायीलाई ‘इन्टरप्रेनर अफ द इयर २०२५’ को अवार्ड

बेलायतका नेपाली व्यवसायीलाई ‘इन्टरप्रेनर अफ द इयर २०२५’ को अवार्ड

लन्डन : नेपाल फुड्सका निर्देशक विकास नेपालले ‘इन्टरप्रेनर अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेका छन् । इन्डो-ब्रिटिश बिजनेस फोरमद्वारा बेलायती संसदको हाउस अफ लर्ड्समा आयोजित एक समारोहमा ब्यरोनस स्यान्डी वर्माले उनलाई सो अवार्ड प्रदान गरेकी हुन् ।

नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएबापत उनलाई सो अवार्ड प्रदान गरिएको हो । ‘इन्टरप्रेनर अफ द इयर २०२५’ अवार्ड पाएकामा नेपाल फुड्सका निर्देशक नेपालले खुसी र कृतज्ञता व्यक्त गरेका छन् ।

नेपाल फुड्सले गत वर्ष पनि नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४ मा उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेको थियो ।सन् २०१८ देखि सुरु भएको नेपाल फुड्सले बेलायतसहित अस्ट्रेलिया, अमेरिका, जापान, क्यानडा र युरोप गरी २५ देशमा झन्डै तीनसय नेपाली उत्पादन आपूर्ति गर्दै आएको छ ।

नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने नेतृत्वको रूपमा आफूहरू लागिपरेको हुँदा आफूले पाएको अवार्डले खाद्य उद्योगको प्रतिस्पर्धात्मक बजारमा नेपाल फुड्सको उपस्थिति अझ दरिलो बनाएको निर्देशक नेपालले बताए ।

यो अवार्ड आफ्नो सम्पूर्ण टिमको कडा परिश्रम र मिहिनेतको प्रतिफल भएको उनले बताए । नेपाली उत्पादनलाई उत्कृष्ट र विश्वव्यापीकरण बनाउन आफूलाई थप चुनौती र हौसला बढेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij