Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्व पौडेल नियुक्त

राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पौडेललाई १८ औं गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । राष्ट्र बैंकमा डेढ महिनापछि गभर्नर पद रिक्त छ । चैत २३ गते महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको हो ।

आजै बसेको प्रधानमन्त्री र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्ने सहमति भएको थियो ।यसअघि गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

योबीचमा गभर्नरको सम्भावित उम्मेदवारहरूमा एक दर्जन बढीको नाम चर्चामा थियो । तीमध्ये कुनै पनि नाममा सहमति जुट्न नसकेपछि देउवाले सिफारिस समितिमा रहेका पौडेललाई वैकल्पिक उम्मेदवारको रुपमा अघि सारेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट