Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अमेजनको जङ्गलमा हाई सेक्युरिटी जेल खोल्दैछ फ्रान्स

अमेजनको जङ्गलमा हाई सेक्युरिटी जेल खोल्दैछ फ्रान्स

काठमाडौँ : फ्रान्सले अमेजनको जङ्गलमा सुरक्षा व्यवस्था निकै कडा भएको नयाँ जेल बनाउने भएको छ । फ्रेन्च गुइएना क्षेत्रमा बन्न लागेको यस जेलमा लागू औषध तस्कर र अति कट्टरपन्थी इस्लामिष्टहरूलाई थुनेर राखिने बताइएको छ । गुइएनाको भ्रमणका क्रममा फ्रान्सका न्याय मन्त्री जेराल्ड दार्मानिनले यो घोषणा गरेका हुन् ।

लागूऔषधको आपूर्ति शृङ्खलासँग जोडिएर गर्ने सबै तहका सङ्गठित अपराधका अपराधीका लागि भनेर यो जेल बनाउन लागिएको दार्मानिनको भनाईलाई उद्धृत गर्दै ले जर्नल दू डिमान्चे (जेडीडी)ले समाचार छापेको छ । ४० करोड यूरोमा बन्ने यो जेल छिटोमा २०२८ देखि सञ्चालनमा आउनेछ ।

हालैका महिनाहरूमा फ्रान्सभरमा जेल र त्यहाँका कर्मचारीलाई लक्षित गरेर आक्रमण भइरहेको समयमा यो योजनाको घोषणा भएको हो । यस जेलमा ५०० जनासम्मलाई राख्न सकिनेछ । अति खतरनाक अपराधीलाई राख्न छुट्टै भवन बनाइनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij