Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

तिल गाउँका बासिन्दाहरुको उद्धार गर्न सांसद भोटेको माग

तिल गाउँका बासिन्दाहरुको उद्धार गर्न सांसद भोटेको माग

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको लिमी उपत्यकास्थित तिल गाउँका बासिन्दाहरुको उद्धारमा विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले त्यहाँका स्थानीयहरुको जीवन कष्टकर बनिरहेको र जाने ठाउँ पनि नभएकाले सरकारले समयमै उचित कदम चाल्नुपर्ने बताए ।तत्काल आपत्कालीन बैठक बसेर आवश्यक कदम चाल्न उनको आग्रह छ । विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान शुरु गर्न माग पनि गरे ।सांसद भोटे हिमाल केन्द्रित योजना बनाउन उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट