काठमाडौंँ : गीतकार लोकराज अधिकारीको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ । ज्याक्लिन पेरालेज–फ्लेमिङको स्वर रहेको गीतको संगीत संयोजन संगीतकार आचार्यले नै गरेका छन् ।
रोमान्टिक शैलीमा तयार गीतमा स्वदेशी खाना, प्राकृतिक सौन्दर्य, कलासंस्कृतिको समेत वर्णन गरिएको छ । म्युजिक भिडियो आकर्षक बनेको छ । जसमा युबिन ढुङ्गाना र मञ्जु कोइरालाको मोडलिङ छ । गीतको भिडियोमा रोमान्टिक प्रेमकथा देखाइएको छ ।भिडियोमा सुविन गोदारको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij