Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

किन चीन भ्रमणमा जाँदैछिन् पूर्वराष्ट्रपति भण्डारी ?

किन चीन भ्रमणमा जाँदैछिन् पूर्वराष्ट्रपति भण्डारी ?

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी भ्रमणमा जाने भएकी छन् ।चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी यही जेठ १० गते चीन भ्रमणमा जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले पुष्टि गरेको छ ।‘जेठ १० गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ’, भण्डारीको सचिवालयले भन्यो, ‘कति सदस्यीय टोली र के के कार्यक्रम भन्ने निश्चित हुने क्रममै रहेको छ ।’ भण्डारीसँग नेकपा (एमाले) का केही नेताहरू समेत चीन भ्रमणमा जाने बताइएको छ ।

चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले उच्च राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम तय भएको छ, तर को कोसँग भेटवार्ता हुने भन्ने अहिलेसम्म खुलाइएको छैन ।नेपालका कम्युनिस्टहरूबिच एकता हुनुपर्ने आवाज कम्युनिस्ट कार्यकर्तास्तरमा उठिरहेका बेला पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जान लागेकी हुन् ।कम्युनिस्ट एकताको पक्षमा रहेकी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनसमेत प्रयासरत छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij