Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

सिंहदरबारमा आउन थाल्यो मेलम्चीको खानेपानी

सिंहदरबारमा आउन थाल्यो मेलम्चीको खानेपानी

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको शुद्ध खानेपानी सिंहदरबारमा वितरण गर्न औपचारिक रुपमा सुरुवात गरेका छन्। सोमबार सिंहदरबार परिसरमा आयोजित एक समारोहका बीच मन्त्री यादवले आफ्नै उपस्थितिमा पानी पिएर यो ऐतिहासिक अभियानको शुभारम्भ गरेका हुन्।

मन्त्री यादवले मेलम्चीको पानी वितरणबाट अब सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापित हुने जानकारी दिए। अबदेखि सिंहदरबारमा रहेका सबै मन्त्रालय र कार्यालयहरूमा मेलम्चीको स्वच्छ, सुरक्षित र भरपर्दो पानी आपूर्ति गरिने उनको भनाइ छ ।यो केवल एक सुरुवात मात्र होइन, सुशासन, पारदर्शिता र जनताको सेवा गर्नेतर्फको हाम्रो प्रतिबद्धताको मूर्त रूप हो, मन्त्री यादवले भने।उनले खानेपानी वितरण प्रणालीलाई पारदर्शी, दिगो र सस्तो बनाउँदै प्रशासनिक क्षेत्रमै उदाहरणीय अभ्यासको थालनी गरिएको उल्लेख गरे।शुभारम्भ कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, केयुकेएलका प्रतिनिधि, विभागीय प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट