५ जेठ, काठमाडौं : हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहतिको पहिरो आएपछि जिल्लाबाट टोली घटनास्थलतर्फ खटिएको थियो ।आइतबार जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली तिलगाउँ जाने तयारीसहित निस्केको थियो । तर, उक्त टोली हाई अल्टिच्युडका कारण तिलगाउँ नपुगी फर्कने भएको हो ।प्रहरीका डीएसपी शंकर पोखरेल, सशस्त्र प्रहरीका डीएसपी देवराज राईसहितको टोली आइतबार नै घटनास्थल जाने भन्दै गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर तथा प्रवक्ता जंगबहादुर सिंहले बताए ।
घटनास्थल तिलगाउँको अवलोकन निरीक्षण र लिमीमा चौकी स्थापना गर्ने उद्देश्यसहित गएको टोली भने लिमीबाटै फर्कने भएको छ । लिमीमा चौकी स्थापना गरेर तिलगाउँ नपुग्दै सोमबार डीएसपीको टोली जिल्ला फर्कन लागेको हो ।‘हाम्रो टोली हाई अल्टिच्युडका कारण माथि जान सकेन । चौकी स्थापना गरेर लिमीबाटै फर्कने भएको छ,’ इन्स्पेक्टर सिंहले भने । उनका अनुसार लिमीबाट घटनास्थल तिलगाउँ पुग्न करिब ७ घण्टा माथि जानुपर्छ छ ।
१ जेठको राति दुई वटा हिम ताल फुटेर लेदोसहितको बाढी आएपछि तिलगाउँ जोखिममा परेको छ ।अहिले १८ घरका ३२ जनालाई नजिकैको विद्यालयमा र खुला चौरमा त्रिपाल टाँगेर राखिएको छ । मानवीय क्षति नभए पनि बस्ती जोखिममा छ भने अन्य भौतिक क्षति समेत ठूलो भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij