Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रानी बन्ने भइन् सुहानाकी आमा, शाहरुख खान हत्याराको भूमिकामा

रानी बन्ने भइन् सुहानाकी आमा, शाहरुख खान हत्याराको भूमिकामा

नयाँ दिल्ली : यतिवेला बलिउडका बादशाह शाहरुख खान आगामी फिल्म ‘किङ्ग’का कारण चर्चामा छन् ।यस फिल्ममा शाहरुखको साथमा रानी मुखर्जी र दीपिका पादुकोण पनि देखिँदैछन् । सिद्धार्थ आनन्दको डेब्यू निर्देशनमा बन्न लागेको यो फिल्म स्टार कास्टका कारण यसअघि नै निकै चर्चामा छ । समाचारमा जनाइएअनुसार रानी फिल्ममा लामो 'केमियो'मा देखिँदै छिन् ।

यसमा उनले शाहरुखकी छोरी सुहाना खानको आमाको भूमिका निभाउँदैछिन् । रानी र शाहरुखले यसअघि पनि निकै फिल्ममा काम गरिसकेका छन् । लामो समयपछि यो जोडीको एक्सन थ्रिलर फिल्म आउन लागेको हो । तर यसअघि भने सुहानाको आमाको भूमिकामा दीपिका देखिन सक्ने चर्चा चलेको थियो ।

फिल्ममा शाहरुख एक हत्याराको भूमिकामा देखिँदैछन् । अभिषेक बच्चन र दीपिका फिल्ममा नकारात्मक भूमिकामा छन् । फिल्मको सुटिङ मे २० देखि मुम्बईमा सुरु हुँदै छ । यसपछि फिल्मको छायांकन युरोपका अरू कैयौं स्थानमा हुने बताइएको छ ।निर्माताहरूले यो फिल्म सन् २०२६ को अक्टोबर–डिसेम्बरको बिचमा रिलिज गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij