Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

मधेसका पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मधेसका पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा अवस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी माछापोखरी निर्माणको नाममा भ्रष्टाचार गरेको आरोप उनीमाथि छ । उनीविरुद्ध उन्नतीस करोड उनान्सर लाख छयासी हजार एक सय पैंतीस रुपैयाँ बिगो मागदाबी भएको छ ।सोही प्रकरणमा अन्य सात जनाविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट