Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले व्यापारी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

तीनकुनेमा राजावादी आन्दोलनलाई भड्काएको आरोपमा पक्राउ परेका प्रसाईँलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईँसहित २६ जनामाथि अनुसन्धान गर्न थप ४ दिनको अनुमति दिएको हो ।

प्रहरीले उनीहरूमाथि राज्‍यविरूद्धको कसुर र सङ्गठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । सङ्गठित अपराध कसुरमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पुनस्र्थापनाको माग राख्दै दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो । तर उक्त आन्दोलन हिंसात्मक भएपछि दुई जनाको मृत्यु समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट