Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

काभ्रेको धुलिखेलमा “वाहिनी पति कप” सुरु

काभ्रेको धुलिखेलमा “वाहिनी पति कप” सुरु

काभ्रे : नेपाली सेना श्री नं. २६ वाहिनी अड्डाको आयोजनामा “वाहिनी पति कप” प्रतियोगिता काभ्रेको धुलिखेलमामा सुरु भएको छ ।प्रतियोगिता श्री नंं २६ वाहिनी अड्डा भकुन्डेले आयोजना गरेको हो । “वाहिनी पति कप” प्रतियोगिताको उद्घाटन वाहिनी पति स.र. निर्जल बहादुर अधिकारीले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा श्रीमेहर गण धुलिखेल र इन्द्र ध्वज गण चौताराको फुटबल टिमबिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा श्रीमेहर गण धुलिखेलले इन्द्र ध्वज गण चौतारालाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।प्रतियोगिता जेठ ४ गतेदेखि सुरु भई जेठ ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, बास्केटबल,ब्याडमिन्टन, टेकेण्डो र बक्सिन गरी सात विधाका खेल समावेश गरिएको छ । प्रतियोगिताले नेपाली सेना भित्रको आन्तरिक खेलकुद गतिविधिलाई चलायमान बनाउनुका साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान दिने वाहिनी पति स.र. निर्जल बहादुर अधिकारीले बताउनु भयो । उहाँका अनुसार फौजको व्यावसायिक क्षमता अभिवृद्धि, सामूहिक भावनाको विकास, जिम्मेवारीप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन, उपलब्ध साधन स्रोतको सदुपयोग तथा व्यावसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले वाहिनी पति कपको आयोजना गरिएको हो ।प्रतियोगितामा वाहिनी मातहत गणका महिला र पुरुष गरेर २ सय जना खेलाडीबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट