Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारत र पाकिस्तानबिचको युद्धविराम आजै होला समाप्त ?

भारत र पाकिस्तानबिचको युद्धविराम आजै होला समाप्त ?

नयाँ दिल्ली :  भारत र पाकिस्तानबिच आइतबार युद्धविराम समाप्त भएको दाबी गरिएका मिडिया रिपोर्टहरूबारे भारतीय सेनाले प्रतिक्रिया जनाएको छ । भारतीय सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘आज कुनै पनि डीजीएमओ स्तरको वार्ता तय गरिएको छैन ।’

‘जहाँसम्म मे १२ मा डीजीएमओ वार्तामा निर्णय गरिएको युद्धविराम अवधिको सवाल छ, यसको कुनै म्याद समाप्त हुने मिति छैन’ विज्ञप्तिमा अझ अगाडि भनिएको छ ।जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबिचको तनाव चुलिँदा तनाव सैन्य द्वन्द्वमा परिणत भएको छ । मे ७ मा दुई देशबिच सुरु भएको सैन्य द्वन्द्व मे १० को साँझ युद्धविरामको घोषणासँगै समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij