काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य सामानय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदी आइतार पनि सोही मूल्य कायम भएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij