Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

नायिका एलिजाको उत्तराखण्डका मुख्यमन्त्री धामीसँग भेट

नायिका एलिजाको उत्तराखण्डका मुख्यमन्त्री धामीसँग भेट

काठमाडौं : नेपाली चलचित्रकी नायिका एलिजा गौतम धमलाले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग भेटवार्ता गरेकी छिन् । उनले शनिबार अपरान्ह मुख्यमन्त्रीको सरकारी निवासमा भेटवार्ता गरेकी हुन् ।

भेटमा धामीले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धको चर्चा गरेका थिए । भारतको विकासबाट नेपालले अझ लाभ लिनसक्ने बताएका थिए ।

भारतीय जनता पार्टीका प्रभावशाली नेतासमेत रहेका धामीले नेपालसँगको सांस्कृतिक र धार्मिक सम्बन्धको पनि चर्चा गरेका थिए । नायिका एलिजाले मुख्यमन्त्री धामीलाई नेपाल भ्रमणमा आउन आग्रह गरेकी थिइन् । उनले नेपाल र भारतको सम्बन्ध जति सुदढ हुन्छ उति दुवै देशलाई लाभ हुनसक्ने औल्याएकी थिइन् ।

एलिजाले शुक्रबार भाजपाका प्रभावशाली नेता भगतसिंह कोशियारीसँग भेटेकी थिइन् । उनी सोमबार दिल्ली पुगेर महत्वपूर्ण भेटहरु र्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट