Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

धरहराबाट तीन करोड ७३ लाख सङ्कलन

धरहराबाट तीन करोड ७३ लाख सङ्कलन

काठमाडौँ : धरहराबाट ६ महिनामा (वैशाख मसान्तसम्म) तीन करोड बढी रकम सङ्कलन भएको छ । धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईले सर्वसाधारणले धरहरा प्रवेश गरेबापत तीन करोड ७३ लाख रुपैयाँ सङ्कलन भएको बताए ।

‘हालसम्म २ लाख ४ हजार जना धरहरामा चढ्दा उक्त रकम सङ्कलन भएको हो,’ राईले भने, ‘धरहरा प्रवेशमा मात्रै शुल्क लिइरहेका छौँ । सवारी पार्किङ निःशुल्क नै छ । अब केही समयपछि पार्किङमा पनि शुल्क लिने व्यवस्था हुन्छ ।’

मङ्सिर ९ गतेदेखि सरकारले सशुल्क टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरेको छ । धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति १००० रुपैयाँसम्म शुल्क तोकेको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ।यसैगरी नेपाली नागरिकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ तोकेको छ । विद्यार्थी बालबालिका,अपाङ्ग र वृद्धालाई ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट