गाजा : इजरायली सेनाले गाजामाथि नियन्त्रण प्राप्त गर्ने उद्देश्यले नयाँ आक्रमण सुरु गरेको छ। इजरायलले व्यापक आक्रमणहरू गर्नुका साथै सेना पनि तैनाथ गरिएको जानकारी दिएको हो।यता, गाजाका स्वास्थ्य अधिकारीहरूले बिहीबार बिहानदेखि सुरु भएको पछिल्लो इजरायली आक्रमणमा २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएका छन्। हमासका अनुसार शुक्रबार मात्र १०० भन्दा बढी मानिस मारिएका छन् ।
इजरायलले उत्तरी गाजामा प्यालेस्टिनीहरूलाई क्षेत्र छोड्न आग्रह गर्दै पर्चाहरू खसालेको छ। इजरायलले हमासविरुद्धको सैन्य कारबाहीलाई तीव्र बनाउने तयारी गरिरहेको आशंकाबिच यो कदम चालिएको हो।पछिल्ला केही दिनमा इजरायली सेनाले आक्रमण तीव्र बनाएको छ। 'आतंकवादी लुक्ने ठाउँहरू' लाई लक्षित गरेको इजरायलको दाबी छ । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टुएर्कले भने गाजामा इजरायलको बढ्दो आक्रमणको कडा निन्दा गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij