Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रुस र युक्रेन वार्ता सकारात्मक : एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति

रुस र युक्रेन वार्ता सकारात्मक : एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति

टर्की : लगातार तीन वर्ष भन्दा बढी समय युद्ध लडेका रुस र युक्रेनको वार्ता सकारात्मक भएको छ। साढे दुई घण्टा चलेको वार्तापछि दुवै देशले एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति गरेका हुन्। सन् २०२२ को मार्चपछि शुक्रबार रुस र युक्रेनका अधिकारी एक आपसमा प्रत्यक्ष वार्तामा बसेर सकारात्मक समाचार सुनाएका हुन्।

टर्कीको मध्यस्थतामा भएको वार्ता साढे दुई घण्टा भन्दा बढी समय चलेको थियो। वार्तामा रुसले युद्ध विरामका लागि नयाँ तथा एकदम कठिन शर्त राखेको थियो। युक्रेनले आफ्नै धेरै भूभागबाट सेना हटाउने शर्त रुसले राखेको थियो।

युक्रेनी सहायक विदेश मन्त्री सेरहिय खेलिस्टाले यो एक हजार युक्रेनी परिवारका लागि खुसीको खबर भएको बताए। युक्रेनका रक्षा मन्त्री रुस्ताम उमेरोभले तत्काल अर्को वार्ता हुने बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचमा निकट भविष्यमा हुने वार्ताले धेरै कुरा तय गर्ने बताए।

रुसी वार्ता टोलीको नेतृत्व गरेका पुटिनका एआइडिईले वार्ता सकारात्मक भएको तथा अर्को चरणको वार्ताका लागि प्रयास हुन सक्ने बताएका छन्। धेरैले रुसले वार्ताको नाटक गरेर युक्रेनका धेरै समर्थकलाई झुक्याउने काम मात्र गरेको हुन सक्ने जनाएको छ। अहिले युरोपेली १८ औँ चरणको प्रतिबन्धको तयारीमा छन्। वार्ता भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुसी राष्ट्रपति पुटिनसँगको वार्तामा मात्र सबै कुराको टुङ्गो लगाउन सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij