Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो

इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसँग शुक्रबार सर्वोच्च अदालतको इजलासमा बयान लिइँदै छ । त्यसअघि उनलाई सर्वोच्च अदालत परिसरमा हतकडी खोलिएको छ । इजलासमा लैजानु अगाडि मिश्रको हतकडी खोलिएको हो ।

यसअघि काठमाडौँ जिल्ला अदालतमा लैजाँदा मिश्रलाई हतकडी सहित लगिएको थियो । नेपाल प्रहरी प्रधान कार्यालयको जवाफ महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित रूपमा पेस भएपछि मिश्रसँग बयान लिइँदैछ ।

उनलाई बिहीबार साँझ पनि सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।

आज भने मिश्रको रिट न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले मिश्र सहित दुर्गा प्रसाईँ लगायतलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट