Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

१५ अर्ब घोटाला भएकाे पाेखरा विमानस्थल पानीले डुब्यो, डेढ घण्टा बन्द, प्रदीपकाे कर्तुत् बाहिरियाे

१५ अर्ब घोटाला भएकाे पाेखरा विमानस्थल पानीले डुब्यो, डेढ घण्टा बन्द, प्रदीपकाे कर्तुत् बाहिरियाे

पोखरा : झण्ड १५ अर्ब घोटाला भएको ठहरसहितको प्रतिवेदन आएका बेला वर्षातको पानी जमेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल डुबानमा परेको छ ।बुधबार पोखरामा ठूलो वर्षा भएको थियो । वर्षातको पानीले पोखरा विमानस्थलमा डुबान भएपछि करीव साढे १ घण्टा विमानस्थल बन्द गरिएको थियो ।वर्षातको पानी विमानस्थलबाट बाहिर जान सकेको थिएन । पानी जमेपछि विमानस्थल नै बन्द गर्नुपरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक प्रेम ठाकुरले बुधबार पोखरामा ठूलो पानी परेका कारण करीव साढे १ घण्टा विमानस्थल बन्द गर्नुपरेको बताए ।पोखरा विमानस्थल डुबानमा परेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् । पार्किङमा रहेका ट्याक्सीहरू आधा भाग डुबेको भिडियोमा देख्न सकिन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै १५ अर्ब घोटाला रहेको भन्दै त्यसको मुख्य नाइकेका रुपमा सार्वजनिक लेखा समितिको उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितलाई कारबाही सिफारिस गरेको छ ।अख्तियार दुरुपयोग अनुसनधान आयोगले पनि पोखरा विमानस्थलका विषयमा अनुसन्धान गरिरहेको छ । महानिर्देशक अधिकारीसँग अख्तियारले पटक पटक बयान लिएको छ ।

महानिर्देशक अधिकारी तत्कालीन समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आयोजना प्रमुख थिए । विमानस्थल बनाउने क्रममा अधिकारीले ठूलो घोटाला गरेको आरोप लागेका बेला वर्षातको पानीले डुबान भएपछि झन् प्रश्न उठेको छ ।अधिकारीले पोखरा विमानस्थललाई तोकिएको योजनाअनुसार निर्माण नगरेका कारण डुबान भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट