Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

किरियापुत्री भवन बनाउन महायज्ञ

किरियापुत्री भवन बनाउन महायज्ञ

भक्तपुर : पितृमुक्तिको लागि १३ दिनसम्म किरियाकर्म गर्न अधुरो रहेको पृतिमुक्ति भवन निर्माण पुरा गर्न भक्तपुरको गठ्ठाघरमा जेठ चार गतेदेखि श्रीमद् भागवत महायज्ञ हुने भएको छ । महायज्ञ स्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अधुरो यो भवन पुरा गर्न महायज्ञ लगाउन लागेको सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले बताए । महायज्ञबाट उठेको दानबाट भवन निर्माण, अक्षयकोष र पुस्तकालय बनाउने योजना रहेको बताए । जेठ ४ देखि १० गतेसम्म हुने महायज्ञको मञ्जरी राधिका दाशीले कथाबाचन गर्नेछिन् ।

‘किरियापुत्री भवन निर्माण जस्तो सामाजिक कार्य पुरा गर्न ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने’ भन्ने अभियानलाई सार्थता दिन महायज्ञ गर्न लागिएको बताए । महायज्ञ सफल पार्न १७ वटा उपसमिति बनाएएको छ ।

२०६९ सालको पुरानबाट उठेको रकमबाट यो भवन निर्माण सुरु भएको हो । ‘भवन निर्माण गर्न धेरै समाजसेवीहरुसँग सहयोग संलकन गर्‍यौ तर, पुरा गर्न नसकेकोले अधुरो भवन पुरा गर्ने उद्देश्यले पुनः महायज्ञ लगाउन लागेका हौँ,’ सुवेदीले भने ।

महायज्ञबाट दुई करोडभन्दा बढी संकलन गर्ने लक्ष्य लिइएको छ। दाताले दिएको सहयोगको आधारमा सम्मानको विशेष व्यवस्था मिलाएको छ।भवन निर्माण, शौचालय, ढिकोरो उठाउनसहित गरी एक करोड ६३ लाख रुपैयाँ खर्च भएको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट