काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले निजामती कर्मचारीसम्बन्धी विधेयकमा सरकारले उदासीनता देखाएको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद घर्ती मगरले भूमि सम्बन्धी अध्यादेश स्वीकृत नभएपछि त्यसैलाई विधेयक बनाएर ल्याउन किन हतार भयो भन्ने प्रश्न समेत गरे ।
‘लामो समयदेखि निजामती कर्मचारीसम्बन्धी विधेयक संसदमा विचाराधीन अवस्थामा छ । त्यसलाई छिटो टुङ्ग्याउन सरकारले चासो दिएको छैन । तर, माघमा सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई अहिले नियमित रूपमा विधेयकको रूपमा संसद्मा प्रस्तुत गरिसक्यो,’ सांसद घर्ती मगरले भने, ‘एउटा विधेयकमा उदासीनता र अर्कोमा हतारो सरकारलाई किन पर्यो ? त्यो हामीले बुझ्न सकेका छैनौँ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij