Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

छत्तीसगढ: सुरक्षा बलले ३१ माओवादी मारेको दाबी

छत्तीसगढ: सुरक्षा बलले ३१ माओवादी मारेको दाबी

नयाँ दिल्ली : छत्तीसगढ र तेलंगानाको सिमानामा अवस्थित विजापुरको करेगुट्टालु पहाडमा विगत २४ दिनदेखि जारी अपरेसनमा सुरक्षा बलले ३१ माओवादी मारेको दाबी गरेको छ।छत्तीसगढका प्रहरी महानिर्देशक अरुण देव गौतम र सीआरपीएफका महानिर्देशक जीपी सिंहले पत्रकार सम्मेलनमा उक्त पहाडमा संदिग्ध माओवादीहरूले राखेका ४५० वटा आईईडी र अत्याधुनिक हतियार बनाउने ४ वटा कारखानाहरू पनि सुरक्षा बलले ध्वस्त पारेको जानकारी दिएका हुन्।प्रहरीले बताएअनुसार करेगुट्टालु पहाड लगभग ६० किलोमिटर लामो र पाँच किलोमिटरदेखि २० किलोमिटर चौडा पहाडी क्षेत्र हो। जुन ३००-३५० सशस्त्र माओवादीहरूको लुक्ने ठाउँ थियो।

पत्रकार सम्मेलनमा अधिकारीहरूले २१ अप्रिलदेखि ११ मे सम्म करेगुट्टालु पहाडमा माओवादीहरूसँग मुठभेडका २१ घटना भएको बताए। यस अवधिमा, २४ अप्रिलमा ३ वटा, ५ मेमा १ वटा, ७ मेमा २२ वटा र ८ मेमा ५ वटा शव फेला परेको उनीहरूले जानकारी दिए।कार्रेगुट्टालुमा भएका मुठभेडहरूको बारेमा पनि प्रश्नहरू उठेको छ। छत्तीसगढका पूर्व मुख्यमन्त्री भूपेस बघेलले सरकारले मुठभेडको मामिलामा पारदर्शिता कायम नगरेको आरोप लगाएका थिए।

एक दिन अघि मात्र, भूपेश बघेलले मे ७ मा २२ जना कथित माओवादीहरूको शव बरामद भएको सम्बन्धमा राज्यका गृहमन्त्री र मुख्यमन्त्रीको विरोधाभासी भनाइमाथि प्रश्न उठाएका थिए। राज्यका गृहमन्त्रीले मे ७ मा भएको मुठभेडमा २२ माओवादी मारिएको खबरलाई अस्वीकार गरेका थिए। पछि, मे १२ मा, पहिलो पटक, प्रहरीले २२ माओवादीको शव फेला परेको बताएको थियो।

मे ७ तारिखमा, छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साईले विगत एक हप्तामा करेगुट्टालु पहाडमा माओवादीहरू विरुद्ध गरिएको सबैभन्दा ठुलो कारबाहीमा २२ माओवादी मारिएको दाबी गरे। उनले यो सफलताको लागि सैनिकहरूलाई बधाई पनि दिए।

तर राति, राज्यका गृहमन्त्री विजय शर्माले आफ्नो तर्फबाट भिडियो वक्तव्य जारी गर्दै यो मुठभेडलाई अस्वीकार गरे। गृहमन्त्री विजय शर्माले पनि बस्तरमा 'अपरेसन संकल्प' सञ्चालन गर्ने कुरा अस्वीकार गरेका थिए।

आफ्नो बयानमा उनले मुख्यमन्त्री विष्णुदेव साईको भनाइको खण्डन गर्दै भने, "यदि यो सम्पूर्ण अभियान, त्यो अभियानलाई ध्यानमा राखेर भनिएको हो भने, यसमा केवल संख्या भन्दा धेरै कुराहरू छन्। र २२ को यो आंकडा पनि पूर्णतया गलत छ।’

गृहमन्त्री विजय शर्माले भनेका थिए, "त्यसैले जेसुकै होस्, करेगुट्टालुको पहाडमा जुनसुकै अपरेसन गरिँदैछ, अन्य धेरै अपरेसनहरू जस्तै, यो पनि एक अपरेसन हो। यो अपरेसन हाम्रा सैनिकहरूको हतियारको बलमा गरिँदैछ। यो सैनिकहरूको साहस र बहादुरीमा गरिँदैछ र यो पूरा भएपछि, यसको बारेमा पूर्ण जानकारी उपलब्ध गराइनेछ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij