Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

कुसुमले गरिन् टिकाटालो

कुसुमले गरिन् टिकाटालो

कलाशैली संवाददाता : ‘सकम्बरी’ गीतमार्फत सोही उपनाम पाएकी मोडल कुसुम शर्माले विश्व अधिकारीसँग टिकाटालो गरेकी छिन् । चितवनमा पारिवारिक उपस्थितिमा टिकाटालो गरेकी कुसुमले छिटै विवाह गर्ने बुझिएको छ । यो जोडीले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गर्न लागेका हुन् । दुबै परिवारको सहमतिमा भएको टिकाटालो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिएको बताइएको छ ।

कुसुम शर्मा सामाजिक सञ्जालमा सक्रिय मोडल तथा म्युजिक भिडियो कलाकार हुन् भने विश्वास अधिकारीको विषयमा केही खुलाईएको छैन । श्रीमती-श्रीमानको रूपमा जीवन सुरु गर्ने तयारीमा रहेका उनीहरूले छिट्टै विवाह मिति पनि सार्वजनिक गर्ने जनाइएको छ । हालसम्म भने दुबैले औपचारिक रूपमा सामाजिक सञ्जाल वा मिडियामार्फत प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट