Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

हेटौंडामा ह्वात्तै बढ्यो कुखुरा मासुको भाउ, उपभोक्ता ठगिए

हेटौंडामा ह्वात्तै बढ्यो कुखुरा मासुको भाउ, उपभोक्ता ठगिए

हेटौंडा : हेटौंडाका मासु पसलहरुमा कुखुराको मासुको भाउ निकै बढेको छ। पछील्ला दिनहरुमा कुखुराको मासुको भाउ निकै बढेको हो ।

कुखुराको मासु खाँदै आएका उपभोक्ताहरुले भने व्यापारीहरुबाट आफुहरु ठगिएको महसुस गरेका छन् ।

अहिले हेटौंडा बजारमा प्रतिकेजी कुखुराको मासु ४३० रुपैयाँ देखि ४५० रुपैयाँ सम्म बिक्री भइरहेको छ । पछील्लो एक महिनामा कुखुराको तयारी मासुको मुल्य बढ्दै गएको व्यापारीहरु बताउँछन् ।

हेटौंडा बजार र मकवानपुरका गाउँगाउँमा पनि कुखुराको मासुको माग धेरै आएको र उत्पादन कम भएका कारण पनि यसको मुल्य बढेको यहाँका व्यापारीहरु बताउँछन् । घरमा हप्तामा ४ पटक सम्म कुखुराको मासु खाँदै आएका हेटौंडा ४ का स्याम श्रेष्ठ भने व्यापारीहरुले यसको मुल्य बढाएर उपभोक्ता ठगिगरिरहेको बताउँछन् ।

नेपाल कुखुराको मासुमा लगभग आत्मनिर्भर भइसकेको भनिए भए पनि गर्मी लाग्नासाथ व्यापारीले ‘गर्मीमा कुखुरा मर्ने, उत्पादन घट्ने’ जस्ता कारण देखाएर भाउ बढाउँदै आएका छन् । उत्पादन कम हुनासाथ भाउ बढ्ने व्यापारीहरु बताउँछन् । अहिले मासु खपत हुने सिजन भएका कारण उत्पादनले माग धान्ने अवस्था नहुँदा भाउ बढ्दै गएको व्यापारीहरुको भनाइ छ । तर, किसान र होलसेलबाट सस्तो मूल्यमा कुखुरा र मासु खरिद गरेर खुद्रा व्यवसायीले भने उपभोक्तासँग चर्को मूल्य असुल्ने गरेका छन् ।कुखुराको उत्पादन कम हुनासाथ भाउ बढ्ने बताउँछन् । अहिले मासु खपत हुने सिजन सुरु भएका कारण उत्पादनले माग धान्ने अवस्था नहुँदा भाउ बढ्दै गएको हो ।

‘अहिले विवाह, ब्रतबन्धको सिजन पनि छ, यस्ता भोजभतेरमा मासुको माग उच्च रहेको छ । भाउ बढ्ने र घट्ने प्रक्रिया सामान्य भएकाले यसले धेरै असर नपार्ने व्यावसायीहरु बताउँछन् । मासु, दाना, चल्ला, अन्डामा देश आत्मनिर्भर भइसकेको भए पनि कच्चापदार्थमा आत्मनिर्भर नहुँदा बेलाबेला समस्या पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट