Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

पत्रकार फणिदेव महतको निधन

पत्रकार फणिदेव महतको निधन

रौतहट : रौतहटका पत्रकार फणिदेव महतको निधन भएको छ। लामो समय देखि ब्रेन ट्युमर रोगबाट पीडित ४८ वर्षीय महतको उपचारको क्रममा काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा गए राति निधन भएको हो।

रौतहटबाट दुई दशकभन्दा बढी समयदेखि महत पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनी अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाता थिए । साथै चन्द्रनिगापुर स्थित सञ्चालनमा रहेको रेडियो सुप्रिम र ुकलमपाटी डटकमु अनलाईनका सञ्चालक समेत रहेका थिए।

स्वर्गीय महतले प्रेस चौतारी नेपालको मधेस प्रदेश अध्यक्ष समेत रहेका थिए। महतको श्रीमती र २ छोराछोरी रहेका छन्। महतको पार्थिव शरीर चन्द्रपुर नगरपालिका स्थित उनको घरमा राखिएको छ । उनको आजै अन्त्येष्टि गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट