Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

आपराधिक गतिविधि, तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन

आपराधिक गतिविधि, तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन

रौतहट : मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले आपराधिक गतिविधि,तस्करी पूर्ण नियन्त्रण गर्न कडा निर्देशन दिएका छन् ।मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका पछि पहिलो पटक दुई जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । डिआईजी चतुर्वेदी मङ्गलवार जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय सर्लाहीको स्थलगत अनुगमन निरीक्षण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीले डिआईजी चतुर्वेदीको स्वागत गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङ्गणमा डिआईजी चतुर्वेदीले पिर्के सलामी लिएसँगै थुनुवा कक्ष, मुद्धाशाखा, हतियार भण्डारण कक्ष लगायत अन्य शाखाहरूको निरीक्षण गर्दै एसपी गिरी, जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्की, इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राई सँगै निरीक्षण कार्यक्रममा उपस्थित प्रायः जिल्लाका सम्पूर्ण युनिट प्रमुखहरू लाई एकै ठाउँमा राखेर कडा निर्देशन दिएका छन् ।

सत्य सेवा सुरक्षणको मूल मन्त्र सम्झिएर नागरिकको ज्यान धानको सुरक्षामा कुनै कमी नगर्न उनले निर्देशन दिएका हुन् । डिआईजी चतुर्वेदीले भारतबाट हुने गरेको विभिन्न किसिमका सामानको तस्करी, र आपराधिक क्रियाकलाप पूर्ण नियन्त्रण गर्न कडा निर्देशन दिएको एसपी गिरीले बताएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालयदेखि सम्पूर्ण प्रहरी युनिटमा काम विशेषले आउने सेवाग्राहीको समस्या सुनेर समाधानको पहल गर्न निर्देशन दिएका छन् ।

त्यस्तै कुनै पनि कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गर्न निर्देशन दिएका छन्। फरार प्रतिवादी पक्राउ गर्न तदारुकता देखाउने,तस्करीको सामान नियन्त्रण गर्न ज्यानको सुरक्षा गर्ने, बिहेवारि, घरायसी कामकाजको सामानको लागी सहज व्यवस्थापन गर्न र घुमुवा प्रहरीको नाउँमा तस्करसँग लेनदेन,व्यापारी माझ आतङ्क नमच्चाउन निर्देशन दिएका छन् ।

निर्देशन विपरीत कार्य गर्ने जो कोहीलाई कडा कारबाही गर्ने डिआईजी चतुर्वेदीले बताए । डिआईजी चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय रौतहट अघि मङ्गलवार जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका थिए। तत्कालीन मधेस प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि आचार्य एआईजीमा बढुवा भएपछि उनको ठाउँमा चतुर्वेदी आएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट