Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारतीय सेनाले ३ आतंकवादीलाई इन्काउन्टर गरेर ढाल्यो

भारतीय सेनाले ३ आतंकवादीलाई इन्काउन्टर गरेर ढाल्यो

नयाँ दिल्ली : भारतीय सेनाको इन्काउन्टरमा जम्मु–कश्मीरमा ३ जना आतंकवादी मारिएका छन् ।भारतीय सेनाले शोपिया जिल्लामा उनीहरूलाई इन्काउन्टर गरेको जनाइएको छ । मंगलबार केल्लरस्थित जंगलमा आतंककारीहरू लुकीछिपी बसेको सूचना सुरक्षा निकायले पाएको थियो ।

सूचनाको आधारमा भारतीय सेनाले उनीहरूको तीव्र खोजी गरेको थियो । खोजी गर्नेक्रममा आतंककारीहरूले भारतीय सेनामाथि अन्धाधुन्द फायर गरेको भारतीय सेनाले एक्समा जानकारी दिएको छ ।भारतीय सेनाको जवाफी कारबाहीमा उनीहरू सबै मारिएको दाबी गरिएको छ । चरमपन्थीविरुद्ध सुरक्षा बलले अभियान जारी राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij