Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

यौन दुर्व्यवहारमा दोषी ठहरिए फ्रान्सेली अभिनेता जेराद

यौन दुर्व्यवहारमा दोषी ठहरिए फ्रान्सेली अभिनेता जेराद

काठमाडौँ : फ्रान्सेली अभिनेता जेराद देपाद्यू दुई महिलामाथि यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका छन् । पेरिसको एक अदालतले अभिनेतालाई १८ महिनाको निलम्बनसहितको जेल सजाय सुनाएका छन् । २०२१ मा एउटा फिल्मको सेटमा दुई फरक महिलामाथि दुर्व्यवहार गरेको मामिलामा देपाद्यू दोषी ठहर भएका छन् ।

यस मुद्दाको सुनवाइको समयभर नै देपाद्यूले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका थिए । उनको वकिलले पनि आफ्ना क्लाइन्टमाथि लागेका अभियोग खारेज गर्न बारम्बार अनुरोध गरेका थिए । तर, उक्त घटनाक्रमबारे देपाद्यूले दिएको व्याख्या र वर्णनले न्यायाधीश उनी निर्दोष भएकोमा विश्वस्त हुन सकेनन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij