गत वर्ष रिलिजमा आएर ऐतिहासिक रेकर्ड राखेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले कलाकार विजय बरालको व्यस्तता ह्वात्तै बढाइदिएको छ । विजय बराललाई अहिले भ्याइनभ्याइ छ । एकपछि अर्को फिल्ममा उनी निरन्तर काम गरिरहेका छन् । विजयले गतबर्ष नै फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सके । ३५ दिन लगाएर यो फिल्मको छायांकन सम्पन्न भयो । यो फिल्मको छायांकन सकिएको भोलिपल्ट नै उनले फिल्म ‘जनै हराएको बाहुन’को काम सुरु गरे । यो फिल्मको छायांकन सोमबार मात्र सकिएको छ । सोमबार बेलुकी फिल्मको छायांकन सकाएर इन्डक्ल्याप पार्टीमा सहभागी भएका विजय आज बिहानै पाँचथर उडेका छन् ।
पाँचथरमा फिल्म ‘जारी’को छायांकन सुरु भएको छ । यो फिल्मलाई पनि ३५ दिन खिच्ने तयारी निर्माणपक्षको छ । विजयको भोलिदेखि नै छायांकन सेड्यूल राखिएको छ । यसरी हेर्दा, फिल्म ‘जारी २’को छायाँकनसम्म विजयले १०५ दिन निरन्तर काम गर्नेछन् ।
विजयले भने–‘अब भने आराम गर्छु । निरन्तर १०५ दिनसम्म काम गरियो । जनै हराएको बाहुनको सेटमा त राती १ बजेसम्म काम गर्यो, फेरि बिहान ६ बजेबाट काम सुरु गर्नुपर्थ्यो । यसैले, राम्रोसँग सुत्न पनि पाइएको छैन । जारी २ को छायांकन सकिएपछि तत्काल अर्को प्रोजेक्टमा काम गर्दिनँ ।’
विजयको भदौ, असोज र कात्तिकमा गरी तीन फिल्म रिलिज हुँदैछन् । भदौमा ‘जनै हराएको बाहुन’, असोजमा ‘जारी २’ र कात्तिकमा ‘वरिष्ठ बलराम’को रिलिज सेड्यूल तय भएको छ । विजयले फिल्म ‘डबल ट्रिपल’ भने छाडेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij