काभ्रेपलाञ्चोक : अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तिस्थित रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा सडक अझै सञ्चालनमा आएको छैन। इलाका प्रहरी कार्यालय मंगलटारले रातिदेखि नै राजमार्ग खोल्ने प्रयास गरिरहेको छ र १७ यात्रुको उद्धार गरिएको छ।
बाढीले रोशी गाउँपालिकाको माम्तीमा डाइभर्सन बगाएको स्थानमा एकतर्फी राजमार्ग खुलाइएको छ र पूर्वबाट आउने सवारीलाई रोकिएको छ। ३० वैशाख, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा अवरुद्ध भएको सडक अझै सञ्चालनमा आएको छैन ।
सोमबार रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिकाको माम्तीमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध छ ।
बाढीले रोशी ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बगाएको स्थानमा एकतर्फी राजमार्ग खुलाइएको छ । प्रहरीले राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ । पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij