Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौँ : निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज प्रारम्भिक चरणको सुनुवाइ हुँदै छ ।

अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गठित गभर्नर सिफारिस समितिमा नियुक्त गरिएको र सो कार्य गैरकानुनी भएको दाबी गर्दै दायर गरेको रिटमाथि न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ ।

अधिकारीले चैत २४ मा उमेरहदका कारण अवकाश पाएका थिए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा चैत १६ गते गभर्नर सिफारिस समिति गठन भएको थियो । समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई वैशाख १७ गते सो समितिमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट