काठमाडौँ : शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘पीआर’को छायाङ्कन सकिएको छ । २८ दिनको छायांकनपछि फिल्म सकिएको हो । स्वदेशमा १० दिन र अस्ट्रेलियामा २८ दिन फिल्मको छायाङ्कन भएको निर्देशक बस्नेतले जानकारी दिए ।६० प्रतिशत छायाङ्कन अस्ट्रेलियामा गरिएको फिल्मको ४० प्रतिशत छायाङ्कन स्वदेशमा गरिएको हो । स्वदेशमा कास्कीको धम्पुस, पोखरा र चितवनमा फिल्मको छायाङ्कन भएको छ ।
सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनीता कार्की, पूजा चौधरी विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल लगायतको अभिनय रहेको छ ।
ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेको फिल्ममा मानस राज र भीम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद छ। सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायाङ्कन गरेको फिल्ममा बन्दे प्रसादको सम्पादन रहनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij