Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

ट्रम्पले मध्यपूर्व टेक्नुअघि हमासले रिहा गरेका अलेक्जेन्डर फर्किए इजरायल

ट्रम्पले मध्यपूर्व टेक्नुअघि हमासले रिहा गरेका अलेक्जेन्डर फर्किए इजरायल

काठमाडौं : हमासले रिहा गरेपछि इजरायली–अमेरिकी बन्धक एडन अलेक्जेण्डर इजरायल फर्किएका छन् । २१ वर्षीय अलेक्जेण्डर गाजाको सीमा क्षेत्रमा विशिष्टट पैदल सैन्य इकाईमा सेवारत थिए ।

अक्टुबर ७ को आक्रमणका दौरान उनलाई हमासले नियन्त्रणमा लिई बन्धक बनाएको थियो । इजरायलले भनेको छ, ‘अलेक्जेन्डरको रिहाई गरे पनि हमासले युद्धविरामका लागि प्रतिवद्धता जनाएको छैन ।’

२५१ बन्धक मध्ये ५९ अझै गाजा मै रहेको बताइँदै छ । जसमा २४ जना जीवित रहेको हुनसक्ने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व यात्रा मंगलबार सुरु हुँदैछ । उनले अलेक्जेन्डरको निर्धारित रिहाईलाई अतिउत्तम खबर भनी प्रतिक्रिया दिएका छन् ।

अलेक्जेन्डरको रिहायर ट्रम्पको आगमन पहिले सद्भावना स्वरुप गरिएको प्यालेस्टाइनी बरिष्ठ अधिकारीले बताएका छन् । यो रिहाइको उद्देश्य सहायता सम्झौतालाई सहज बनाउनका लागि रहेको बताइँदै छ । बीबीसीका अनुसार गाजामा दुई महिनाभन्दा अघिदेखि इजरायलले नाकाबन्दी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij