इस्लामवाद : भारत र पाकिस्तानबिच युद्धविरामपछि पाकिस्तानको सेयर बजारमा ठुलो वृद्धि देखिएको छ । पाकिस्तानको बेन्चमार्क सूचकाङ्क केएसई १०० सुरुवाती कारोबारमा लगभग ९ प्रतिशतले बढ्यो ।गतहप्ता भारत र पाकिस्तानबिचको तनाव चरम सीमामा पुग्दा पाकिस्तानको सेयर बजारमा ठुलो त्रास फैलियो । एक घण्टाका लागि कारोबार समेत रोक्नुपर्यो ।
पाकिस्तानको सेयर बजार उकालो लाग्नुको कारण भारत र पाकिस्तानबिचको युद्धविराम मात्र नभई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को बेलआउट (वित्तीय उद्धार) प्याकेजको लागि शुक्रबार भएको सम्झौता पनि भएको विश्लेषकहरू बताउँछन् ।शुक्रबार वासिङ्टनमा बसेको आईएमएफ बोर्ड बैठकमा पाकिस्तानलाई बेलआउट प्याकेजको किस्ता दिने विषयमा सहमति भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij