Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारतीय सेयर बजारमा उछाल

भारतीय सेयर बजारमा उछाल

नयाँ दिल्ली : भारत र पाकिस्तानबिच युद्धविराम भएपछि भारतीय सेयर बजारमा सुरुवाती कारोबारमा ठूलो वृद्धि भएको छ । बिहान कारोबार सुरु हुँदैखेरी बेन्चमार्क बीएसई सेन्सेक्स २३०० अङ्कले बढेको थियो ।

उता अर्को बेन्चमार्क निफ्टी पनि झन्डै ७०० अङ्कले बढेको थियो । सेन्सेक्समा इन्डसइन्ड बैंक र सन फार्माबाहेक सूचीकृत अन्य सबै ३० कम्पनीहरूको सेयर बढिरहेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा २ दशमलव ८४ प्रतिशत धेरै हो ।बिहान ११ः१० बजे, सेन्सेक्स २ हजार २५६ दशमलव ९१ अङ्कले बढेर ८१ हजार ७१६ दशमलव १३ अङ्कमा कारोबार भएको थियो । अर्कोतर्फ, निफ्टी पनि ७०५ दशमलव १६ अङ्कले बढेर २४ हजार ७१३ दशमलव १५ अङ्कमा पुगेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा २ दशमलव ९४ प्रतिशत धेरै हो ।

विदेशी लगानीकर्ताहरू फेरि भारतीय बजारमा फर्किरहेको बजार विश्लेषकहरूले बताएका छन् । पछिल्ला १५ दिनमा विदेशी संस्थागत लगानीकर्ताहरूले भारतीय बजारमा राम्रो खरिद गरेको पनि तथ्याङ्कले देखाएको थियो ।भारत र पाकिस्तानबिचको युद्धविरामको साथसाथै चीन र अमेरिकाबिच व्यापार सम्झौताको सम्बन्धमा भएको वार्तामा भएको प्रगतिबाट लगानीकर्ताहरू उत्साहित रहँदा भारतीय शेयर बजार उकालो लागेको विश्लेषकहरू भन्छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij