Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा निकालियो शोभा यात्रा

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा निकालियो शोभा यात्रा

२९ वैशाख, बुटवल : २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा शोभा यात्रा निकालिएको छ । सोमबार बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा मायादेवी मन्दिर परिसरमा प्रार्थना सभा भएको थियो । त्यसपछि आज बिहान साढे ७ बजेदेखि शोभा यात्रा निकालिएको हो ।

शोभा यात्रामा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी, भिक्षु-भिक्षुणी, लामा-गुरु, उपसाक-उपासिका, स्थानीय, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।शोभा यात्रामा लुम्विनी क्षेत्रका विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाकमै उपस्थित गराइएको थियो ।

मायादेवी मन्दिर परिसरबाट सुरु शोभा यात्रा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्रमा आइपुगेको छ ।बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन आज लुम्बिनीमा विशेष समारोह आयोजना गरिएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार समितिका संयोजक ढुण्डिराज भट्टराईले विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय सरकारका मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने बताए ।कार्यक्रममा सहभागीमध्ये विद्यार्थीको बाहुल्यता छ । स्थानीयको उपस्थिति न्यून छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट