Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सुदीप न्यौपानेको परिवारलाई भेट्न पुगे भारतीय राजदूत

सुदीप न्यौपानेको परिवारलाई भेट्न पुगे भारतीय राजदूत

काठमाडौँ  : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन् । राजदूत श्रीवास्तवले आइतबार परिवारलाई भेटेर हार्दिक समवेदना व्यक्त गरेका हुन् ।

भेटमा उनले पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाईंमा र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेको आश्वासन दिएको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।गत २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij