बुटवल : जम्मु–काश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको परिवारसँग भेट गर्न भारतका लागि नेपालीस्थित भारतीय राजदूत नवीन श्रीवास्तव आइतबार बुटवलको न्यौपाने निवासमै पुगेका छन्। अप्रिल २२ मा भएको उक्त हमलामा सुदीपको ज्यान गएको थियो भने उनकी आमा घाइते भएकी थिइन्।
राजदूत श्रीवास्तवले सुदीपप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई गहिरो संवेदना व्यक्त गरे। भेटका क्रममा उनले भारत सरकारले हमलामा संलग्न आतङ्ककारीलाई कानुनी कठघरामा उभ्याउने दृढ प्रतिबद्धता व्यक्त गरेका थिए।सुदीप न्यौपाने बुटवल उपमहानगरपालिका–१४ का स्थायी बासिन्दा थिए। उनी आफ्नी आमासहित काश्मीर घुम्न गएका बेला आतंककारी आक्रमणको सिकार बनेका थिए।
राजदूतको यो भेटलाई भारत सरकारको संवेदनशीलता र मानवतापूर्ण पहलको संकेतका रूपमा लिइएको छ, विशेषतः जब एक नेपाली नागरिक अन्तर्राष्ट्रिय आतङ्कवादको शिकार बन्न पुगेका थिए। साथै, यो घटनाले सीमा पार आतंकवादको जोखिम र त्यसका मानवीय असरहरूबारे पुनः गम्भीर चासो जन्माएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij