Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सुडानमा हवाई आक्रमण हुँदा एउटै परिवारका १४ जनाको मृत्यु

सुडानमा हवाई आक्रमण हुँदा एउटै परिवारका १४ जनाको मृत्यु

एजेन्सी : सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।डार्फरको अबु सुक शिविरलाई लक्षित गर्दै गरिएको आक्रमणबारे स्वयंसेवकहरूले जानकारी दिएका छन्।

उनीहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन्।संयुक्त राष्ट्रसंघका अनुसार, डार्फरको राजधानी एल–फासेर नजिकैको यो क्षेत्र अझै पनि अर्धसैनिक बल आरएसएफको नियन्त्रणमा छैन र खाद्य संकटले गम्भीर रूपमा प्रभावित छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij