काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई छिटोभन्दा छिटो प्रत्यक्ष वार्तामा बस्न आव्हान गर्नुभएको छ ।एक साताको युद्धविराम घोषणा गरेको रुसलाई युरोपेली नेताहरुले ३० दिने निःशर्त युद्धविरामका लागि दवाब दिइरहेका बेला पुटिनले स्थायी शान्तिका लागि वार्तामा आउन युक्रेनलाई आव्हान गर्नुभएको हो ।हिजो राति क्रेमलिनबाट टेलिभिजनमार्फत दिएको दुर्लभ सम्बोधनमा पुटिनले १५ मे भित्रै वार्ता सुरु गर्नुपर्ने बताउनु भएको हो । पुटिनले आफूहरुले गम्भीर वार्ता गर्न चाहेको बताउनु भएको छ ।
वार्ताले द्वन्द्वको मूल कारण पत्ता लगाई स्थायी शान्तितर्फ अघि बढ्न सहयोग गर्नेमा विश्वस्त रहेको पुटिनको भनाइ छ । पुटिनको पछिल्लो अभिव्यक्तिलाई रूसको रणनीतिक परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।तर यसलाई यर्थार्थमै वार्तामा परिणत गर्ने या नहुने भन्ने कुरामा अझै अन्योल छ । युक्रेन र पश्चिमा शक्तिहरूको प्रतिक्रिया यसका लागि निर्णायक हुन सक्ने अनुमान गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij