Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान

काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान

काठमाडौँ : नेपाली भाषा, साहित्य र वाङ्मयको विकासका निम्ति योगदान गरेका तीन जना स्रष्टा र दुई संस्थालाई पुरस्कारसहित सम्मान गरिएको छ । पण्डित काशीनाथ उपाध्याय कट्टेल र उनकी धर्मपत्नी हरिप्रिया कट्टेलको स्मृतिमा स्थापना भएको पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठानले आज काठमाडौँमा कार्यक्रममा आयोजना गरेर ती स्रष्टा संस्थालाई सम्मान गरेको हो ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रा डा हेमाङ्गराज अधिकारी र प्रा डा दीर्घराज घिमिरेलाई वाङ्मय पुरस्कार र धनकुटाको विश्रान्तिधाम संस्कृत गुरुकुल र पिण्डेश्वर विद्यापीठ धरानस्थित दुई छात्रलाई सम्मान गरेका थिए । अधिकारी र घिमिरेलाई नगद रु २१ हजार,दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार साहित्यकार मुना अर्याललाई प्रदान गरिएको छ । उनलाई नगद रु १५ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको हो । त्यस अवसरमा पूर्वप्रधानन्यायाधीश कार्कीले प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित ‘व्यावहारिक संस्कृत सम्भाषणाभ्यासः’ पुस्तक विमोचन गरे । पुस्तक समीक्षा गर्दै प्राडा रमा भट्टराईले संस्कृत सिक्न चाहनेका लागि पुस्तक सहयोगी हुने बताए ।कार्यक्रममा दिइएको जानकारीअनुसार २०६७ सालमा स्थापना उक्त प्रतिष्ठानले हालसम्म नेपाली वाङ्मयको विकासमा योगदान गरेका २४ भन्दाबढी व्यक्ति र संस्थालाई सम्मान गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट