एजेन्सी : भारत र पाकिस्तानबिच गोलीबारी र सैन्य कारबाही रोक्ने निर्णय दुई देशबिच प्रत्यक्ष वार्ताबाटै सहमतिका आधारमा गरिएको दाबी गरिएको छ । प्रेस ट्रस्ट अफ इन्डियाले भारतीय सरकारी स्रोतहरूलाई उद्धृत गर्दै यस्तो दाबी गरेको हो । यो निर्णय कुनै तेस्रो पक्षको मध्यस्थता बिना नै भारत र पाकिस्तानले आपसी छलफलमार्फत सहमति भएको उसको रिपोर्टमा उल्लेख छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै शुक्रबार राति अमेरिकाले गरेको छलफलपछि दुवै देश तत्काल युद्धविरामका लागि तयार भएको बताएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij