Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति

भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति

वासिङ्टन डीसी : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्ने र एक तटस्थ स्थानमा विभिन्न मुद्दाहरूमा वार्ता सुरु गर्ने सहमति गरेको बताएका छन् ।

रुबियोले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘हामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफलाई शान्तिको मार्ग रोजेकोमा उनीहरूको बुद्धिमत्ता, विवेकशीलता र नेतृत्वको सराहना गर्छौं।’

उनले र जेडी भ्यान्सले विगत ४८ घण्टा भारतीय र पाकिस्तानी उच्च अधिकारीहरूसँग छलफल गरेका थिए। यसैगरी पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले पनि पाकिस्तान र भारत तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएको बताएका छन्।

उपप्रधानमन्त्री डारले भने, ‘पाकिस्तान सधैं क्षेत्रीय शान्ति र सुरक्षाका पक्षमा उभिँदै आएको छ ।’ यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको बताएका थिए ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमामा पोस्ट गर्दै उनले भनेका थिए, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि म यो घोषणा गर्न पाउँदा खुशी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij