Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह

शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह

काठमाडौँ : हालै २९ दिनसम्म चलेको शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गरिने भएको छ । नेपाल शिक्षक महासङ्घले आन्दोलनबाट विद्यार्थीको सिकाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न शिक्षकहरूलाई आग्रह गरेको हो ।

'विद्यार्थी वर्गमा पर्न गएको शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखी आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे बिदामा सो क्षतिको आपूरण गर्नुहुन सबै प्रधानाध्यापक तथा शिक्षक -कर्मचारी साथीहरूमा अनुरोध छ', महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनको बलमा विगतमा सहमति भई कार्यान्वयनमा नआएका विषयहरू मन्त्री परिषद्बाट निर्णयमार्फत कार्यान्वयन गराएको र २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सुनिश्चित भएकोले आफूहरूको आन्दोलन अत्यन्त सफल र उपलब्धिमूलक भएको महासङ्घको ठहर छ ।

494817199_1792363901691993_6003329888505704981_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट