Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

कोलम्बो : श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ ६ जना सैन्य कर्मचारीको मृत्यु भएको छ । वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित १२ जना सवार रहेको र तीमध्ये ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् ।

अन्य ६ जना घाइतेहरुको अझै अस्पतालमा उपचार भइरहेको गीगानागेले बताए । यसअघि, गीगानागेले जहाजमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताएका थिए ।श्रीलङ्काली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनको क्रममा घटना भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij